संसद भवनभित्र पसेका ४९ जना आन्दोलनकारी हाजिरि जमानीमा रिहा

संघीय संसद् भवन परिसरमा प्रवेश गरेका आन्दोलनरत मिटरब्याज तथा लघुवित्तका पीडितहरु रिहा भएका छन्। उनीहरुलाई प्रहरीले बुधबार बेलुका नै हाजिरि जमानीमा रिहा गरेको हो।

बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए।

फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए।

संसदभवनभित्र पसेर नाराबाजी गरेका ४९ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अगाडी बढाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =