नेदरल्यान्ड्सद्धारा नामिबियालाई २४८ रनको विशाल लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन जोड्यो ।

नेदरल्यान्ड्सको कीर्तिमानी लक्ष्यमा युवा ओपनर माइकल लेभिटले शानदार शतक प्रहार गरे ।

लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए ।

त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *