संवैधानिक नियुक्ति विवादको पेसी अर्को वर्ष जेठमा तोकियो

विभिन्न संवैधानिक निकायमा केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरेका पदाधिकारी विरुद्ध दायर भएको निवेदनको पेसी २०८१ जेठमा तोकिएको छ।

बुधबारदेखि अन्तिम सुनुवाइ हुने भनी तोकिएको मुद्दा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ जनकपुर भ्रमणमा गएपछि स्थगित भएको हो।

तीन महिनापछि आजका लागि पेसी तोकिएको भए पनि मुद्दा स्थगित भएको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरिएको थियो।

अध्यादेशमार्फत् कानुन सशोधन गरेर नियुक्ति गर्दा संसदीय सुनुवाई समेत भएको थिएन।

उक्त नियुक्तिविरुद्ध संवैधानिक परिषदकै सदस्य तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा आफैं सर्वोच्च पुगेका थिए। २०७७ पुस १ गते र त्यसपछि १४ थान रिट दायर भएका थिए। उक्त रिटहरुमा सर्वोच्चले सुनुवाइ गर्नै चाहेको छैन।

बरु विवादित नियुक्ती भएकाहरुको कार्यकाल नै सकिन लागेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =