कस्तो छ विष खाएकी भारती मानन्धरको अवस्था ?

काठमाडौँ । बाँकेकी भारती मानन्धरले विष सेवन गरेकी छन् । मंगलबार विष सेवन गरेकी उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको हो ।

भारतीको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । पहिलो पतिबाट जन्मेको छोरालाई खाजा दिनबाट स्कुलले रोकेपछि भारतीले विष सेवन गरेको प्रहरी नायव उपरीक्षक सुवाससिंह बोहराले जानकारी दिए । भारतीको पक्षमा न्यायका लागि आवाज उठाउँदै आएकी जश्मिन ओझाका अनुसार छोरालाई भेट्न नदिइएपछि तनावमा परेकी उनले विष पिएकी हुन् ।

आफ्ना पति चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका गुन्डा नाइके रिगल ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि भारतीले आन्दोलन गरेकी थिइन् । सर्वोच्च अदालतले राष्ट्रपतिको उक्त कदमलाई उल्ट्याइदिएपछि रिगल अहिले जेलमै पुगिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *