जान निकोलको कीर्तिमानी सतकमा नामिवियाले दियो २०७ रनको विशाल लक्ष्य

काठमाडौँ । जन निकोलको कीर्तिमानी सतकमा नेपाललाई नामिवियाले विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नामिवियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको हो।

नामिवियाका विशाल योगफलमा जन निकोल लोफ्टी–इटन कीर्तिमानी १०१ रन बनाए। उनले ३६ बलमा १०१ रन बनाउँदा अभिवास बोहराले क्याच आउट गराएका थिए। ओपनर मलान क्रुगरले ४८ बलमा नटआउट ५९ रन जोडे। मिचेल भान लिंगेनले २० रन जोड्दा जेपी कोट्जेले ११ रन र जन फ्रिलिन्क ५ रनमा आउट भए।

नेपालका कप्तान रोहित पौडेलले ४ ओभरमा ३० रन खर्चिएर दुई विकेट लिएपनि अभिनास बोहरा महंगो सावित भए। अन्तिम ओभरमा एक विकेट लिएका उनले ४ ओभरमा ४९ रन खर्चिए। गुल्सन झाले एक ओभरमै १८ रन खर्चिए।

करन केसीले ३ ओभरमा ३२ रन खर्चिएर एक विकेट लिँदा सोमपाल कमिले समान ओभर खेल्दा ३४ रन दिए।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

नेपाल, नामिविया र नेदरल्याण्ड्सबीच विश्वकपको तयारी स्वरुप त्रिकोणात्मक सिरिज सुरु भएको हो।

यसअघि यी तीन टोली एक दिवशीय क्रिकेट खेलेका थिए। लिग २ अन्तरगत भएको पहिलो सिरिजमा नेपाल दुवै खेलमा नामिवियासँग पराजित भएको थियो। नेदरल्याण्ड्ससँग पहिलो खेल जितेको नेपाल दोस्रो खेलमा पराजित भयो।

टि–२० अन्तरगत भने नेपाल र नेदरल्याण्ड्सबिच बुधबार पहिलो खेल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *