इसेवा लाइफ केयर : ५ लाख ३० हजार सम्मको आर्थिक सुरक्षा पाइने

काठमाडौँ । इसेवाले इसेवा केयरको सफलतासँगै इसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ ।

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि अहिले जीवनकै बीमा हुने गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार इसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बीमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बीमाको ग्यारेन्टी गर्दछ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा इसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ ।

कम्पनीले यस योजनामा वार्षिक रु ७ सयमा देखि सुरुवाती मूल्यमा ५ लाख ३० हजार रुपैयाँको लाइफ केयर
प्रदान गर्ने बताएको छ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेर सम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको कम्पनीले गरेको छ ।

यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ । यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको इसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बीमा पनि समावेश गरि इसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

इसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १०
हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ ।

इसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा इसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ ।

इसेवा लाइफ केयर खरिद कसरी गर्नेर ?

१.इसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ ।
२. त्यसपछि त्यहाँ इसेवा केयर र इसेवा लाइफ केयरको अप्सन देखिनेछ ।

३. इसेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा
लिन सकिनेछ ।
४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता इसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने
खरिद गरेको २४ घण्टामा यो योजना लागू हुनेछ ।
५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै
दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ ।

इसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेस गरि भुक्तानीका लागि दाबी गर्न सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *