प्रतिनिधि सभामा ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेस

काठमाडौँ । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेस गरिएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेस गरेका हुन् ।
त्यस अवसरमा बोल्दै उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको सो विधेयक प्रतिनिधिसभा पेस गर्नुपरेको स्पष्ट पारे ।
उपप्रधानमन्त्री श्रेष्ठले भने ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक यस सम्मानित प्रतिनिधि सभामा पेस गर्दछु ।’
उपप्रधानमन्त्री श्रेष्ठले पेस गरेको सो विधेयक प्रतिनिधिसभामा छलफल हुनेछ ।








