सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौँ । सर्बोत्तम सिमेन्टले सर्वसाधारणका लागी आईपिओ बिक्री खुला गरेको छ ।

बुक बिल्डिङबाट जारी हुने आईपीओमा न्यूनतम ५० कित्ता सेयरका लागि कम्पनीले आइतबार आवेदन खुल्ला गरिएको हो ।

कम्पनीले ३६०.१० रुपैयाँ प्रतिकित्ताको दरमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओमा आवेदन गर्दा लगानीकर्ताको बैंक खातामा न्यूनतम १८ हजार ५ रुपैयाँ मौज्दात हुन पर्ने देखिन्छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ बिक्री गरेको थियो । संस्थागत लगानीकर्ताहरूको मूल्यमा सर्वसाधारणलाई १० प्रतिशत छुट हुने व्यवस्था बमोजिम कम्पनीको आईपीओको मूल्य ३६०.१० रुपैयाँ कायम गरिएको हो ।

कम्पनीले फागुन १३ गतेदेखि स्थानिय बासिन्दाहरूबाट आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *