विश्वकप लिग-२ : नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा

काठमाडौँ । नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९: ३० बजेदेखि शुरु हुने भएको हो ।

यस सिरिजमा नामिबियाको आफ्ना चार खेल जितेर ३ जितसहित नामिबियाको ६ अंक हासिल गरेको छ । त्यस्तै लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *