इण्डोनेसियामा आँधीका कारण ३० घाइते, सयौँ भवनमा क्षति

एजेन्सी । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा आँधीका कारण सो क्षेत्रका घर र कारखानाहरूमा क्षति पुगेको छ ।

पश्चिमी जाभा प्रकोप न्यूनीकरण एजेन्सीले शक्तिशाली बतासले सुमेडाङ रिजेन्सीमा १३ कारखाना र १० घर तथा बाण्डुङ रिजेन्सीमा १८ कारखाना र २३३ घरमा क्षति पुगेको बताएको छ ।

एजेन्सीका प्रवक्ता हादी रहमतले प्रकोपले यी क्षेत्रहरूमा ८ सय भन्दा बढी परिवारलाई असर गरेको छ । ३० जना भन्दा बढी घाइते भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *