माल्टामा आप्रवासी डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते

एजेन्सी । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ ।

साथै आठ जना घाइते भएको माल्टाको सशस्त्र बल (एएफएम) ले जनाएको छ ।

करिब ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुङ्गामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए ।

डुङ्गा करिब ३।५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो ।

एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुङ्गा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *