स्पेनको १४ तले भवनमा आगलागी : ४ जनाको मृत्यु, १४ बेपत्ता
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १२ गते
![स्पेनको १४ तले भवनमा आगलागी : ४ जनाको मृत्यु, १४ बेपत्ता](https://www.makalukhabar.com/wp-content/uploads/2024/02/spain-fire-mk.jpg)
एजेन्सी । पूर्वी स्पेनको भ्यालेन्सिया सहरमा रहेको १४ तले आवासीय भवनमा लागेको आगलागीमा चार जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् ।
बिहीबार स्थानीय समयअनुसार साढे ५ बजे करिब ४५० बासिन्दा रहेको १३८ फ्ल्याट भएको भवनमा आगलागी भएको थियो । फायर फाइटर र प्रहरीहरू बेपत्ता व्यक्तिहरूको खोजी गर्न शुक्रवार बिहान मात्रै भवनमा प्रवेश गर्न सफल भएका थिए ।
आगो भवनको मध्य भागबाट सुरु भएपनि आधा घण्टामै पूरै अपार्टमेण्टमा फैलिएको थियो ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८० फागुन १२ गते
प्रतिक्रिया
सम्बन्धित