इजिप्ट र युएईबीच इजिप्टको उत्तरी तटमा नयाँ सहर विकास गर्ने सम्झौता

एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) ले इजिप्टको उत्तरी तटमा नयाँ सहर निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन् । सहर बनाउनुको उद्देश्य पर्यटन, लगानी र विदेशी मुद्रा सञ्चिति बढाउने रहेको बताइएको छ ।

इजिप्टको नयाँ प्रशासनिक राजधानीमा इजिप्टका आवास मन्त्री एसेम एल–गज्जर र युएईका लगानी मन्त्री मोहम्मद अल सुवाइदीले हस्ताक्षर गरेको सम्झौताले अलेक्जान्ड्रियाको पश्चिममा १७० वर्ग किलोमिटर क्षेत्रफलको रस अल–हेक्माको विकास गर्ने बताए । हस्ताक्षरमा सहभागी इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले यो परियोजना इजिप्टको न्यु अर्बन कम्युनिटी अथोरिटी र अबु धाबी डेभलपमेण्ट होल्डिङ कम्पनीले सञ्चालन गर्ने र दुई महिनामा अर्थतन्त्रमा ३५ अर्ब अमेरिकी डलर प्रत्यक्ष विदेशी लगानी भित्र्याउने बताए ।

यो परियोजनामा युएई पक्षले कम्तीमा १५० अर्ब डलर लगानी गर्ने र पूरा भएपछि ८० लाख पर्यटक भित्र्याउने अपेक्षा रहेको छ । इजिप्टले देशको अर्थतन्त्रलाई टेवा दिन नयाँ ऋणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको बेला यो सम्झौता भएको हो ।

प्रतिक्रिया

One thought on “इजिप्ट र युएईबीच इजिप्टको उत्तरी तटमा नयाँ सहर विकास गर्ने सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *