आउट भएको झोकमा नेदरल्याण्ड्सका कप्तानले हुत्याए ‘डस्टविन’

काठमाडौं । आइसिसी लिग–२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड्सबिचको खेल जारी छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ ।

जवाफी ब्याटिङ गरिरहेको नेदरल्याण्ड्स यो समाचार तयार पार्दासम्म ६ विकेट गुमाउँदै १२७ रन बनाएर खेलिरहेको छ ।

दबाबमा रहेको नेदरल्याण्ड्सका कप्तानले भने खेली चलिरहँदा अनौठो हर्कत देखाएका छन् ।

पाँचौ विकेटका रुपमा आउट भएका कप्तान स्कट एडवर्ड्सले आउट भएको झोकमा ड्रेसिङ रुम अगाडि राखेको डस्टविनलाई लात्ती प्रहार गरेका छन् ।

१३ बलमा ४ रन बनाएर पेभिलियन फर्किनेक्रममा उनले छेउमा राखिएको डस्टविनलाई हुत्त्याएर अर्को छेउमा पुर्‍याएका छन् ।

खेलका क्रममा यस्तो हर्कत देखाउँदा खेलाडीको नैकितकता माथि प्रश्न उठ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *