सिंहदरबार घेर्न गएका मिटरब्याज पीडितहरू भृकुटीमण्डपको मुख्य सडकमै बसे धर्ना (तस्बिरहरू)

काठमाडौँ । सिंहदरबार घेर्ने योजनासहित मेची महाकाली पदयात्रा गर्दै आएका मिटरब्याज पीडितहरू भृकुटीमण्डपको मुख्य सडकमै धर्ना बसेका छन् ।

प्रहरीले उनीहरूलाई भृकुटीमण्डपमै रोकेपछि उनीहरू भृकुटीमण्डपको मुख्य सडकमा नै धर्ना बसेका हुन् ।

उनीहरूले माघ १६ गतेदेखि सुदूर पूर्व र सुदूरपश्चिमबाट एकसाथ ‘न्याय मार्च’ सुरु गरेका थिए । उनीहरु भरतपुरमा एकीकृत भई निर्णायक आन्दोलनका लागि काठमाडौंमा आएका हुन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा सुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए ।

मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित ‘न्याय मार्च’मा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत उनीहरूका माग छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *