सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एम्.डी.आर.टी कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा स्थित, ल्यान्डमार्क होटलमा दुई दिनको ‘एम्.डी.आर.टी.(Million Dollar Round Table) २०२४’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्य भई सो कार्यक्रमको मुख्य कार्यसूचीमा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधार संलग्न रहेको थियो । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए ।

यस कार्यक्रमका मुख्य वक्ता डा.योगी विकासानन्दा थिए, उनी मनोक्रान्ति संस्थाका संस्थापक, र गुरु समेत हुन् । उनले ‘संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गनुपर्छ’ भन्ने प्रसँग जोड्दै, आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नु पर्ने बताए ।

साथै सिटिजन लाइफ इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडरस महजोडीद्वारा सिटिजन लिडरहरूलाई प्रेरणाका रुपमा ‘मान्छेलाई सङ्गत ले निकै असर गर्छ र सिटिजन परिवार भित्र एकदमै राम्रो र प्रेरणात्मक वातावरण भएकाले यस संस्थामा आबद्ध भएका कर्मचारीहरूले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्य प्रति सकारात्मक सोच राख्नका लागि प्रोत्साहन गर्दै आएको देखेको बताए ।’

यस लगतै उक्त कार्यक्रममा, ‘एम्.डी.आर.टी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरू ९१९ जना एम्.डी.आर.टी. क्वालिफायर र १ जना सी.ओ.टी. (Court Of The Table) क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कार सहित सम्मानित गरियो ।

कार्यक्रमको समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरूको मुख्य भूमिका रहेको बताउँदै सो सभामा उपस्थित सिटिजन लिडरहरूलाई धन्यवाद ज्ञापन गरे । उनले कम्पनीको सबै भन्दा ठुलो शक्ति, कर्मचारीहरूको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *