विभिन्न कार्यक्रम गरी नेसनल लाइफ इन्स्योरेन्सले मनायो ३७ औं वार्षिकोत्सव

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ ।

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौँमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता भएका थिए । कम्पनीले देशभर ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरेको छ ।

अपाङ्गता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टि विहीन व्यक्तिहरूलाई सेतो छडी वितरण गरिएको छ ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित यो कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको कम्पनीले जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश पारित गरी साधारण सभा सम्पन्न गरी सकेको जनाएको छ ।

कम्पनीको जीवन बीमा कोषमा रु.७१ अरबको हाराहरिमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७८/०७९ बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरुलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । आ।व।२०७८/०७९ को बीमाङ्कीय मूल्याङ्कन पश्चात् बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको शाखा कार्यालय नेपालगन्जमा आफ्नो भवन निर्माण भई सम्पन्न हुने अवस्थामा रहेको छ । ११७ शाखा कार्यालय संख्या र ५०० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

कम्पनीले स्थापनाकाल देखि २०८० साल पौष मसान्त सम्म कूल बीमाशुल्क आम्दानी रु.१०२ अरब ३० करोड आर्जन गरेको छ भने कूल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको छ र कूल रु.३७ अरब ४९ करोड बराबर बीमा दाबी भुक्तानी गरेको छ ।

यस शुभ अवसरमा कम्पनीले व्यावसायिकता, प्रविधि मैत्री पारदर्शिता एवं विश्वसनीयता लाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी साथीहरू, अभिकर्ताज्यूहरू एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरूबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता व्यक्त गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *