स्पेनको १४ तले भवनमा आगलागी

एजेन्सी । पूर्वी स्पेनको भ्यालेन्सियामा बिहीबार साँझ एक १४ तले आवासीय भवनमा आगलागी भएको छ । आगलागीमा केही मानिसहरु फसेको हुनसक्ने आशंका गरिएको र उद्धार कार्य अझै जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म कसैको पनि मृत्युको पुष्टि भएको छैन ।

कम्तीमा सात जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । भवनभित्र केही मानिस फसेको आशंका गरिएको छ । साँझ साढे ५ बजे लागेको आगो कसरी आगलागी भयो भन्ने खुल्न सकेको छैन । प्रत्यक्षदर्शीहरूले ६० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीले आगो अविश्वसनीय रूपमा छिटो फैलिएको र ३० मिनेटभित्रै लगभग सम्पूर्ण भवन आगोले ढाकेको बताएका छन् ।

क्यास्टेलोन र एलिकेन्टेका छिमेकी क्षेत्रहरूका फायरकर्मीहरू, साथै स्पेनको सैन्य आपतकालीन इकाईका सदस्यहरू,लाई आगो नियन्त्रण गर्न परिचालन गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बिहीबार साँझ ट्वीट प्रकाशित गर्दै“भ्यालेन्सियाको एउटा भवनमा भएको भयानक आगलागीबाट स्तब्ध भएको र भ्यालेन्सिया क्षेत्रका प्रमुख र शहरका मेयरसँग कुरा गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *