टस जितेर पहिला बलिङ गर्दै नेदरल्याण्ड्स, खेल ४५ ओभर खेलाइने

काठमाडौं । आईसिसि लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबियाविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । ढिलो गरी सुरु भएको खेलमा कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

यो खेल ४५/४५ ओभरको हुने भएको छ । बिहीबार भएको बर्षाका कारण मैदान गिलो भएपछि आज ढिलो गरि खेल सुरु भएको हो । समयमा खेल सुरु हुन नसकेपछि खेलमा ५/५ ओभर घटाइएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको यो सिरिजमा नामिबियाले अहिलेसम्म २ खेल जितेको छ भने नेदरल्याण्डसले एक खेलमा जित हासिल गरेको छ । नामिबियाले नेपालविरुद्धका दुवै खेलमा जित हासिल गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *