‘धोती लगाउँदा पनि षड्यन्त्र देख्छौ, यस्तै हो भने जंगबहादुरकै हविगत हुनेछ’

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिस्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाएका छन् ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशमा चरम निराशा व्याप्त रहेको बताए ।

उनले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरूप्रति चर्को उदासीनता शुरु भएको बताए । उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताए ।

उनले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताए । उनले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताए ।

उनले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताए ।

उनले दुई युवाहरू विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गरे ।

उनले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *