तीव्र गतिको स्कुटर मध्यरातमा पल्टियो, ३८ वर्षीय शिक्षकको मृत्यु

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका २० तरहरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब १ बजेर २० मिनेट जाँदा शान्तिटोलको भित्री सडकखण्डमा मे १० प ४९२९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्कुटर विद्यालयको पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका ३८ वर्षीय तेन्जिङ तामाङ (तितुङ)को मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका उनको बिहान करिब २ः५० बजे मृत्यु भएको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तामाङ (टिटुङ) तरहराको प्याराडाइज बोर्डिङ स्कुलका शिक्षक रहेको खुलेको छ । ‘प्रारम्भिक अनुसन्धानले साथीहरूलाई भेटेर घर फर्कने क्रममा दुर्घटना भएको देखाएको छ,’ एक प्रहरी अधिकारीले भने, ‘अत्यधिक गतिले नियन्त्रण गुमाएको देखिन्छ ।’

दुर्घटनामा परेको स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *