क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङमा नेपाल ए

काठमाडौँ । नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले ए’ले क्यानडा-११ विरुद्ध पहिला ब्याटिङ गरिरहेको हो ।

क्यानडा-११ ले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङमा छ । यसअघि खेलेको पहिलो खेल क्यानडा-११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १–१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

नेपालको प्लेइङ-११: सन्दीप जोरा (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, हेमन्त धामी, प्रतिस जिसी, रसिद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *