फेरि १८ प्रहरी सम्पर्कविहीन भएको सूचना (नामसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर रहेका एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवानलाई सम्पर्कमा आउन निर्देशन दिइएको हो ।

एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको छ । केही प्रहरी मंसिरदेखि गैरहाजिर छन् । खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *