एमाले केन्द्रिय कमिटीमा नेताहरु : ‘पार्टीको संसदीय भुमिका कमजोर भयो’

काठामाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका केन्द्रिय किमिटी सदस्यहरुले पार्टीको संसदीय भुमिका कमजोर भएको आवाज उठाएका छन् ।

बुधवार च्यासलमा केन्द्रिय कमिटी सदस्यहरुले संसदीय क्षेत्रको काम कमजोर भएकाले संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि आवश्यक निर्देशन दिनुपर्ने माग उठेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले विकास निर्माण सम्बन्धी र जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्ने आवाज उठेको बताए ।

उनले आजको बैठकमा विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रश्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको बताए ।

उनले बिहीवारको बैठकमा छलफल भएका कुरालाई राख्नेगरी नेतृत्व तोकिएको बताए ।

उनले भने ‘पार्टी केन्द्रिय कमिटीको बैठकको दोस्रो दिन हिजो विभाजित भएका नौ वटा समूहरुमा पार्टीमा प्रश्तुत भएका चार वटा कार्य योजनासहितका अवधारणाहरुमाथि सबिस्तार छलफल भएको छ । विभाजित भएका नौ वटा टिमहरुमा प्रत्येक टिमबाट प्रश्तुत कार्ययोजनालाई भोलि केन्द्रिय कमिटीको बैठकमा प्रश्तुत गर्नेगरी टिम लिडर तोकिएको छ । कोशीबाट पार्टी अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशमा चण्डेश्वर मण्डल, वागमतीमा कैलाश ढुंगेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधेकृष्ण कँणेल, कर्णालीमा गुलावजंग शाह र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीले र जनसंगठनको तर्फबाट पार्टी केन्द्रिय कमिटी सदस्य पेम्बा लामाले आफ्नो समूहको तर्फबाट प्रतिवेदन प्रश्तुत गर्नुहुनेछ । ‘

‘आज प्रश्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने । पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने । त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेका छन् । संसदीय क्षेत्रको काम कमजोर भयो, संसदीय विभाग र दललाई प्रभावकारी ढंगले संसदमा प्रश्तुत हुन र जनताका मुद्दामा केन्द्रित हुनका लागि यहाँ बहसमा मुद्दाहरु उठेका छन् । त्यसरी नै जनताको विकास निर्माण सम्बन्धी जाने एजेण्डाहरु छन् । त्यसलाई दरोगरी पक्रेर । जनताका सरोकारका मुद्दाहरुमा पार्टीका तर्फबाट अगुवाई र नेतृत्व गर्नेगरी उठाउनुपर्छ भनेर बहस भएको छ ।’

उनले प्रश्तुत भएका प्रतिवेदनमा पार्टी कमिटीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न पार्टीको विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्ने, पार्टीभित्र एउटा आचारसंहीता लागू गराएर पार्टीभित्र उठ्ने गरेका अनुशासनहीनता, आचरणका कुराहरु, विधि पद्धतिका कुराहरुलाई नियन्त्रण गर्नुपर्ने, त्यसका मुद्दा छानबिन गर्नुपर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने भन्ने विषय गम्भीरतापूर्वक उठेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *