ओली र देउवालाई लिङदेनको आग्रह– बाटो सच्याउने नयाँ समझदारी गरौँ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुकलागि अभिशाप भइसकेको बताएका छन् ।

मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने उनको जिकिर थियो ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गदै बुधवार ¥यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै अध्यक्ष लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए । उनले आफूहरूले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरूलाई सचेत गराए ।

अध्यक्ष लिङदेनले भने ‘अहिले मुलरुपमा हामीले भन्ने खोजेको के हो भने अब देश यही अवस्थामा रहिराख्न सक्दैन । देश अहिले जुन अवस्थाबाट अगाडि बढिराखेको छ । यसले हाम्रो सुदूरभविष्य अन्धकारपूर्ण छ । र कुनैपनि बेला देश दुर्घटनामा जानसक्छ भन्ने टुुंगो भइसकेको छ । त्यसकारण देशलाई दुर्घटनाबाट रोक्नका लागि अव नयाँ सम्झौता, नवीन समझदारी आवश्यक छ । त्यसकारण म यहाँबाट सबै राजनीतिक दलहरू र खासगरी अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको प्रस्तावक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको एजेण्डाको पछि लागेका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई पनि आग्रह गर्न चाहन्छु । अब गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटो असफल भइसक्यो । तपाईँहरूले अवलम्बन गरेको मार्ग चित्रबाट देशलाई जब्बरजस्त अगाडि बढाउन चाहनु भयो भने, त्यो दुष्प्रयास गर्नुभयो भने देशले दुर्घटना व्यहोर्ने अवश्यम्भावी छ । त्यसकारण कुनैपनि प्रकारको अहम, कुनैपनि प्रकारको घमण्ड नगरीकन नयाँ सम्झौताका लागि तयार हुनुहोस् ।’

‘हामीले कसैलाई पनि निषेधको प्रस्ताव राखेका छैनौँ । अव राप्रपाले पछाडि फर्कने कुरा गरेको छैन । तपाईँहरू भ्रममा पनि नपर्नुहोस् । र, भ्रमपूर्ण प्रचार पनि नगर्नुहोस् । तपाईँहरू बेलाबेला भन्नुहुन्छ–राप्रपाले पछाडि फर्कने कुरा गर्छ । हामीले पछाडि फर्कने कुरा गरेको छैन । हामीले देश यही अवस्थामा रहिरहन सक्दैन । अब हिजोका पनि राम्रा कुराहरू, आजका पनि राम्रा कुराहरू लिएर नयाँ सम्झौता गरौं । र देशलाई नयाँ सम्झौताको बाटोबाट अगाडि बढाऔैं । र यसमा ढिलो नगरौँ भन्नेकुरा म आग्रह गर्न चाहन्छु । तपाईँहरूले गणतन्त्र ल्याउँदाखेरि, धर्मनिरपेक्षता ल्याउँदाखेरि, संघीयता ल्याउँदाखेरि सुविचारका साथ ल्याउनुभएको थियो होला । तर हाम्रो अभ्यासको यो डेढ दशकले प्रमाणित ग¥यो–यो हाम्रो देशका लागि उपयुक्त रहनेछ भन्ने मात्रै होइन, अभिशापसिद्ध हुने रहेछ भन्ने कुरा पुष्टि भयो ।’

‘त्यसकारण हामीले अब बाटो सच्याउने नयाँ समझदारी गरौं । र देशलाई नयाँ बाटोबाट अगाडि लैजाऊ । माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गर्दाखेरि सरकारलाई बुझाएको ज्ञापनपत्रलाई कसैले पत्याएको थियो रु त्यो सम्भव होला भनेर कसैले पत्याएको थिएन । आज त्यो दिन सम्झनुहोस् म त भन्छु–सायद त्यसको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्डले पनि कल्पना गर्नुभएको थिएन होला । तर राप्रपा त्यसबेलाको माओवादी भन्दा देशमा संगठित छ । र आज भत्काउने, बिगार्ने होइन । देश बनाउने, कसैलाई निषेध गर्ने होइन । राजादेखि माओवादीसम्मलाई जोडने विचार लिएर, मुद्दा लिएर हिँडेको छ । त्यसकारण तपाईँहरू सबैलाई जोडन, जुट्न एक चोटि आफ्नो बाटोमा पुनर्विचार गर्न म आग्रह गर्दछु । हाम्रो यो मागलाई तपाईँले उपेक्षा गर्नुभयो भने, ख्यालठट्टा गर्नुभयो भने परिस्थिति बिग्रन सक्छ । हामीले बारम्बार भनेका छौं–हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । अहिंसात्मक हुनेछ । राप्रपा कुनैपनि प्रकारको हिंसामा विश्वास गर्दैन । प्रजातन्त्र, मानव अधिकारजस्ता विषयमा राप्रपा पूर्ण रुपमा विश्वास गर्दछ । तर तपाईँहरूले उपेक्षा गर्नुभयो भने राप्रपाको अहिंसा र प्रजातन्त्रप्रतिको प्रतिविद्धतालाई कमजोरी ठान्नुभयो भने कठोर बन्दै गएर विद्रोहमा परिणत हुनसक्छ भन्ने कुरा पनि हेक्का राख्नुहोस् ।’

अध्यक्ष लिङदेनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरूले शान्तिपूर्ण आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई कमजोरी ठान्ने दुःसाहस नगर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

One thought on “ओली र देउवालाई लिङदेनको आग्रह– बाटो सच्याउने नयाँ समझदारी गरौँ

  1. वैज्ञानिक आधार नरहेको, तथ्यले समेत पुष्टि गर्न नसक्ने, कुनै तर्कमा आधारित नभएको तर्कहीन पाखण्डी सिद्धान्त हो– राजतन्त्र। जन्मँदै शासक हुने सिद्धान्त कि अन्धविश्वासको पराकाष्ठा हो, कि त पाखण्डी सिद्धान्त हो । नागरिक सर्वोच्चतामा विश्वास गर्ने स्वाभिमानी नागरिकले जन्मँदै शासक हुने सिद्धान्तलाई कदापि स्वीकार गर्न सक्दैन। अढाई सय वर्षसम्म चुसेर नेपाली जनतालाई गरिब बनाउने चिजलाई फेरि ल्याउने कुरा दीवा स्वप्न बाहेक केही होइन । दार्शनिक, राजनीतिक, सैद्धान्तिक र वैचारिक कुनै पनि हिसाबले राजतन्त्र फिर्ता गर्ने कुरा हुनै सक्दैन । चिहानबाट जाग्नेलाई पिशाच भनिन्छ भने त्यहि पिशाचको सपना देख्नेलाई नरपिशाच भनिन्छ क्यार !? आफ्नो क्षमता, स्वतन्त्रता र प्रतिष्पर्धामा विश्वास नगर्ने तर रैतीहुन खोज्न गुलाम मानसिकताधारीहरु भदौ महिनामा आँखा फुटेको गोरु झै सबैलाई झोले देख्ने तिमीहरुले चाहि के… ! भरौटे, अरौटे, हुक्के, चिलिमे, टट्टु दासहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *