सीतापाइला घटना : चारैजनाको शव पोष्टमार्टमका लागि अस्पताल लगियो

काठमाडौं । सीतापाइला घटनामा ज्यान गुमाएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

सीतापाइलामा डेरा गरेर बस्ने राजु घिमिरे भनिने काजी विकले हत्या गरेका तीनजनाको शव शिक्षण अस्पताल लगिएको हो ।

पत्नी, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका काजीको पनि शव रुखबाट निकालेर यसअघि नै शिक्षण अस्पताल पठाइएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सोलुखुम्बुको दूधकोशी गाउँपालिका घर भई नागार्जुन नगरपालिका–६ सीतापाइलास्थित भैरव टोलमा डेरा गरी बस्दै आएका बिकले आफन्तको ज्यान लिएपछि आत्महत्या गरेका हुन् ।

३७ वर्षीय विकको शव सीतापाइलास्थित डेराभन्दा माथि डाँडाको रुखमा झुण्डिएको अवस्थामा बुधबार दिउँसो फेला परेको थियो ।

प्रहरीका अनुसार सीतापाइलामा डेरा गरी बस्दै आएकी ३८ वर्षीया ईश्वरी भनिने प्रेमकुमारी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी (छोराकी छोरी) शिवानी श्रेष्ठको बिहानै कोठामा फेला परेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *