छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

दाङ, घोराही उपमहानगरपालिका–१६ सर्रा चोकमा रा.५ प ५४५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधवार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक रोल्पा त्रिवेणी गाउँपालिका–५ बस्ने २१ वर्षीय बिबेक पुन र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय नेत्र भण्डारी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै नवलपरासी पूर्व, हुप्सेकोट गाउँपालिका–३ बेलाहानीस्थित सडकमा लु.३६ प ५४९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही गाउँपालिका–२ मोहन डाँडा बस्ने २१ वर्षीय पदम बहादुर बयम्बुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सरकारी अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

त्यस्तै ललितपुर महानगरपालिका–१५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–१ गोदाम चौर बस्ने १८ वर्षीय सम्पूर्ण रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, बुढिगंगा गाउँपालिका–१ स्थित सडकमा प्रदेश १–०२–०४२ प ९८३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार ग्रामथान गाउँपालिका–१ बस्ने २४ वर्षीय शम्भु चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै बारा, जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सडकमा ना.६ ख ३३५२ नम्बरको ट्रक र बा.प्र.०१–०२६ च १३३४ नम्बरको बोलेरो एकआपसमा ठक्कर खाई बुधवार बिहान दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा बोलेरो चालक हाल नाम, थर, वतन नखुलेका पुरुष र भारत बिहार राज्य मोतिहारी मधुवन थाना ग्राम कुन्दनपुर बस्ने २८ वर्षीय चन्दन चौहान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार ३ जनाको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *