ज्वालादेवीमा अटो पल्टिँदा चालकको मृत्यु

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो ।

घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *