सितापाइलामा मृत भेटिएका तिन जनाको पहिचान खुल्यो

काठमाडौँ । काठमाडौँको सितापाइलामा मृत फेला परेका तीन जनाको पहिचान खुलेको छ ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरू बुधवार बिहान मृत फेला परेका हुन् । उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ ।

साथै ईश्वरीको श्रीमान् राजु घिमिरे राजु घिमिरे भनिने काजी बिक पनि नागार्जुनको जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *