सरकारविरुद्ध ट्याक्सी व्यवसायीको आन्दोलन (तस्बिरहरू)

काठमाडौँ । ट्याक्सी व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

आफूहरूलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय सरकारले लिएको भन्दै उनीहरुले त्यसको विरोधमा बुधवार काठमाडौंको तीनकुनेमा र्‍यालीसहितको बिरोधसभा आयोजना गरेका हुन् ।

१० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय ट्याक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै आफूहरूले विरोधको कार्यक्रम सुरु गर्नुपरेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर सङ्घर्ष समितिका संयोजक राम थापाले बताए । उनले एक भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय ट्याक्सी खरिद गर्ने निर्णय गरेर आफूहरूको बिचल्ली बनाएकाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए ।

सङ्घर्ष समितिले विद्युतीय ट्याक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई दबाब दिएको छ । उनीहरुले नेपाली पहिचान हुने गरी इम्बोष्ट नम्बर प्लेटको व्यवस्था गर्न, इन्स्योरेन्समा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् ।

ट्याक्सी व्यवसायीहरूले स्वस्थ प्रतिस्पर्धाको आधारमा ट्याक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *