विश्वकप लिग-२

नेपाल ३७ ओभरमै अलआउट, नामिबियालाई १६९ रनको लक्ष्य

काठमाडौँ । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले ३६, भिम सार्कीले २६ तथा कुशल भुर्तेलले १८ रन बनाएर आउट भएका थिए । कप्तान रोहित पौडेल, अनिल शाह र देव खनाल शुन्यमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६, सोमपाल कामीले ५ र करण केसीले १२ रन बनाए ।

नामिबियाका बलर बेरनार्ड स्कोल्ज र जान निकोल एटनले ४/४ विकेट लिएका थिए । अब नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका:
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *