विश्वकप लिग-२

नवौँ विकेटको रूपमा भीम सार्की पवेलियन फर्किए

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नवौँ विकेट गुमाएको छ । नवौं विकेटका रुपमा भीम सार्की बाहिरिएका हुन् । उनी शून्य रनमा आउट हुँदा यसअघि सोमपाल कामी व्यक्तिगत १ रनमा पवेलियन फर्किए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । कुशल मल्ल ३६, ओपनर आसिफ शेख ५८ र कुशल भूर्तेल १८ रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेल, अनिल साह र देव खनाल डगआउट भए ।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *