विश्वकप लिग-२

दबाबमा नेपाल, गुम्यो आठौँ विकेट

काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आठौँ विकेट गुमाएको छ । आठौँ विकेटका रुपमा सोमपाल कामी बाहिरिएका हुन् ।

उनले व्यक्तिगत रुपमा १ रनको योगदान गरे । त्यसअघि दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए ।

कुशल मल्ल ३६, ओपनर आसिफ शेख ५८ र कुशल भूर्तेल १८ रनमा आउट हुँदा कप्तान रोहित कुमार पौडेल, अनिल साह र देव खनाल डगआउट भए ।

टस जितेर नामिबियाले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *