एसीसी महिला प्रिमियर कपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता (तस्बिरहरु)

काठमाडौं । मलेसियामा भएको एसीसी महिला प्रिमियर कपमा सहभागी नेपाली टोली स्वदेश फर्किएको छ । सेमिफाइनलमा घरेलु टोली मलेसियासँग पराजित नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको हो ।

सेमिफाइनलमा नेपालमाथि ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।

नेपाल समूह चरणमा अपराजित रहँदै समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको थियो । समूह चरणमा हङकङ र भुटानलाई ८(८ विकेटले र माल्दिभ्सलाई कीर्तिमानी २१४ रनले पराजित गरेको थियो ।

क्वाटरफाइनलमा कुवेतलाई पनि ८ विकेटले पराजित पर्‍यो तर सेमिफाइनलमा मलेसियासँग पराजित नेपालले उपाधिमात्रै हारेन एसीसी महिला एसिया कप खेल्ने सपनामा पनि ब्रेक लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *