मधेस बचाउन चुरे संरक्षण आवश्यक छ : डा. पौडेल(भिडिओ)

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेस बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताएका छन् ।

आईतवार विश्व सामाजिक मञ्चले काठमाडौँमा आयोजना गरेको चुरे संरक्षण सम्बन्धि कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेस बचाउनको लागि सरकारले सबै भन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताए । अध्यक्ष पौडेलले चुरे संरक्षणको लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गरे ।

उनले चुरे जोगाउनको लागि सबै भन्दा पहिला पहाडमा खोला क्षेत्रमा वृक्षारोपण गरी माटो बग्न रोक्नुपर्ने बताए । उनले त्यसको लागि पहाडका नदि किनारमा बाँस तथा वातावरण संरक्षण गर्ने वनस्पतिहरू रोप्न आवश्यक रहेको बताए ।

वातावरण संरक्षण गर्ने वनस्पतिहरू रोप्न त्यस क्षेत्रका मानिसहरूलाई जनचेतना जगाउन आवश्यक रहेको बताए । अध्यक्ष पौडेलले १० अर्ब खर्च गरेर बाटो निर्माण गर्दा फालिएको माटो सरकारले दिएको १ अर्ब रुपैयाँ खर्च गरेर चुरे संरक्षण गर्न नसकिने बताए ।

उनले चुरे संरक्षणको लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको गुनासो गरे । उनले सरकारले दिने बजेटले चुरे संरक्षण गर्नसक्ने अवस्था नभएको स्पष्ट पारे ।

उनले चुरे संरक्षण गुरु योजनाले हरेक वर्ष १५ देखि २२ अर्ब रुपैयाँ आवश्यक हुने आँकलन गरेको भएपनि समितिले एक अर्ब रुपैयाँ मात्रै बजेट पाएको बताए । उनले सबैको व्यवहार परिवर्तन नभएसम्म चुरे संरक्षण हुन नसक्ने बताए ।

उनले चुरे संरक्षणको लागि राजनीतिक प्रतिवद्धता पनि आवश्यक भएको बताए । उनले राजनीतिक प्रतिवद्धता र सत्तामा भएको नेतृत्वको भूमिका बिना चुरे क्षेत्रको संरक्षण हुन नसक्ने देखिएको उल्लेख गरे ।

उनले चुरेमा वृक्षारोपण गर्ने, पोखरीहरू बनाउँदा मात्रै चुरे संरक्षण दिगो हुने बताए । उनले चुरे क्षेत्रका हरेक नदीमा ५० लाखका दरले बाँस रोप्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *