सूर्यज्योति सही प्लान : कम प्रिमियममा ठुलो रकमको आजीवन बीमा, तिरेको सम्पूर्ण रकम फिर्ता हुने

काठमाडौँ । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार करिब ४० प्रतिशत भन्दा बढी नेपालीहरू जीवन बीमाको दायरामा रहेका छन् ।

नेपालीहरूले औसत रुपमा वार्षिक करिब ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बिमांक रकम भएको बीमा गर्ने गरिएको पाइएको छ ।

महँगी र असन्तुलित अर्थतन्त्रको अवस्थामा ६ लाख ५० हजार सम्मको रकमले मात्र भविष्यमा आइपर्ने आर्थिक सहारा दिन सक्ला र रु, वास्तवमा नै सोच्नुपर्ने बेला आएको छ ।

बिमितले आफ्नो आम्दानी अनुसारको बीमा नगर्दा भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिमको भार बहन गर्न नसक्ने देखिन्छ । त्यसैले बेमितहरू समयमै चनाखो हुन् जरुरी देखिन्छ ।

समयमा नै सही निर्णय लिँदा आफू लगायत सम्पूर्ण परिवार नै आर्थिक सकंटको चपेटाबाट सुरक्षित रहन सकिन्छ ।

नेपालमा हाल वार्षिक करिब ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बिमांक रकमको लागि वार्षिक रु ४० हजार देखि ४५ हजारसम्मको प्रिमियम बुझाउने गरेको पाइएको छ । तर वर्तमान परिपेच्क्षमा केही भैपरी आएमा आफू अनि आफ्ना परिवारको आर्थिक सुरक्षाका यति रकम अपुग देखिन्छ ।

  • हामीलाई भैपरी आउन सक्ने जिम्मेवारीहरु :
  •  बच्चाहरूको शिक्षाको लागि
  •  आफू र आफ्नो प्रियजनको उज्ज्वल भविष्यको लागि
  •  घातक रोगहरू बिरुद्धको उपचार खर्च सुविधाको लागि
  •  भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिम बहनको लागि
  •  आश्रित परिवारको आर्थिक सुरक्षाको लागि
  •  बुढेसकालको सहाराको लागि

यिनै प्रकारका आवश्यकताहरूलाई मध्ये नजर गर्दै सूर्यज्योति लाइफद्वारा ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक भएको छ । यस योजनाले तेती नै वार्षिक रु ४० देखि ४५ हजार प्रिमियम (उमेर अनुसार प्रिमियम दर फरक पर्न सक्छ) मा नै लगभग रु २५ लाखसम्मको बीमा गर्न सकिन्छ ।

जसले हाम्रो जीवनमा आईपर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिन सक्छ र हामी अनि हाम्रो परिवारको सुनौलो भविष्यका लागि सहारा बन्न सक्छ ।

‘सही सोचौँ ,सही रोजौँ’ भन्ने मूल नाराका साथ ल्याइएको यस योजनामा सूर्यज्योतिले आकर्षक र उत्कृष्ट सुविधाहरू पस्केको कारण हरेक नेपालीहरूको मन मुटुमा स्थापित हुनेछ ।

साथै कम्पनीको ‘हरेक घर ,एक बीमा’ को रुपमा यस योजनालाई विस्तार गर्ने लक्ष्य रहेको छ ।

यसभन्दा पहिले बीमा लिइसकेको व्यक्तिको लागि पनि ‘सही प्लान’ अरु योजनाको तुलनामा निम्न लिखित फाइदाहरू दिन सक्छ स्

  • थोरै प्रिमियममा नै ठुलो बीमा लिन सक्ने
  •  ७० वर्षको उमेर पुगे पश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने
  •  सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी गरी दीर्घकालीन (आजीवन) रक्षावरण रही रहने
  •  अन्य बचत किसिमको बीमा भन्दा लगभग ५ देखि ६ गुणा सम्म आर्थिक सुरक्षा प्रदान गर्ने

यस योजना लिँदा ७० वर्षको उमेर पश्चात् तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने अनि आफ्नो परिवारमा आर्थिक समस्या आइपरे तेस्को आर्थिक भार समाधान हुने हुनाले यदि पहिले बीमा लिई सकेको भए पनि यो सही प्लान तपाईँको दोस्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुन जान्छ ।

अन्य बीमा योजनामा बीमा अवधि पछि बीमितको रक्षावरण समाप्त हुने तर यो सही प्लान बीमा योजनामा सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी पश्चात् पनि बिमितको दीर्घकालीन (आजीवन) रक्षावरण भई नै रहने हुन्छ।

सही प्लान बीमा योजनामा अन्य बीमा योजनाको जस्तो बीमा रक्षावरण समाप्त हुने चिन्ता हुँदैन ।

सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरूको हित र सुविधालाई ध्यानमा राखी नवीनतम र परिस्कृत सेवा पस्किँदै आइरहेको छ।

नेपालको जीवन बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्सोरेन्सले पहिलो पटक कम प्रिमियममा सर्वाधिक आजीवन सुरक्षा प्रदान गर्ने एक मात्र बीमा योजना ‘सूर्यज्योति सही प्लान’ पस्कन सफल भएको हो ।

यो बीमा योजनामा अन्य जीवन बीमा कम्पनी भन्दा भिन्न, उत्कृष्ट सुविधाहरू र विशेषताहरू भएकोले नै सूर्यज्योति ‘सही प्लान’ ले नेपाली जीवन बीमा बजारमा छिट्टै नै आफ्नो स्थान पाउनेमा कम्पनी ढुक्क रहेको छ ।

आफूलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भविष्य निर्माणका लागि उपयोगी हुने हुनाले यो नै सर्वोत्कृष्ट सही बीमा योजना हो ।

यस बीमा योजना अन्तर्गत बिमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरू पनि रहेका छन् :

  •  दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने र दुर्घटना बाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्कमा पूर्ण छुट हुने
  •  बिमाङ्कको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा प्रदान गरिने
  •  नेपालमै सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने
  •  साथै आफूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुशार सुलभ दरमै ऋण लिन सकिने

सूर्यज्योति जीवन बीमा कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिँदै छोटो समयमै उलेखनीय उपलब्धिहरुहासिल गरिसकेको छ ।

कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एकमात्र कम्पनी बन्दै पहिलो आइ.एस.ओ ९००१–२०१५ द्वारा विभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *