विराटनगरमा शंकस्पद वस्तु फेला, सेना र सशस्त्र पुग्दै

काठमाडौं । कोशी प्रदेशको विराटनगरमा शंकस्पद वस्तु फेला परेको छ । विराटनगर महानगरपालिका-३ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय छेउमा प्रेसर कुकरलाई टेपले बाँधेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । खाल्डो खनेर प्रेसर कुकर राखिएको छ । घटना स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *