राष्ट्रिय गौरवका आयोजनामा ६ महिनामा २३ प्रतिशत मात्रै बजेट खर्च

चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनामा clt Go”g ah]6 vr{ ePsf] kfOPsf] 5.
साउनदेखि पुस मसान्तसम्मको अवधिमा १९ वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च Ps rf}yfO klg gePsf] xf].

विनियोजित कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च भएको तथ्यांक सार्वजनिक भएको छ। अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको चालू वर्षको बजेट अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विनियोजित बजेटको २३ प्रतिशत मात्रै बजेट खर्च भएको हो।

चालू वर्षका लागि अर्थ मन्त्रालयले १९ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये ६ महिना घर्किसक्दासम्ममा १५ अर्ब ५० करोड ८ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको छ ।

यो अवधिमा पशुपति क्षेत्र विकास कोषले मात्रै लक्ष्यभन्दा धेरै बजेट खर्च गर्न सकेको छ । अर्धवार्षिक समीक्षाको अवधिसम्ममा कोषले कूल विनियोजित बजेटको ८० प्रतिशत खर्च गरेको छ । कोषका लागि यो वर्ष २१ करोड रुपैयाँ बजेट छुट्याइएको थियो । जसमध्ये, १६करोड ८१ लाख रुपैयाँ खर्च भइसकेको हो ।

यसपछि, सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको ७३ प्रतिशत बजेट खर्च भएको छ । यो आयोजनाका लागि भनेर चालू वर्षमा ४ अर्ब १७ करोड १४ लाख रुपैयाँ विनियोजन भएकोमा ३ अर्ब ७ करोड ९ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै, बबई सिँचाइ आयोजनाले ७२.८३ प्रतिशत बजेट खर्च गरेको छ । यो आयोजनाका लागि चालू वर्षमा ६३ करोड १ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये पुस मसान्तसम्ममा ४५ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ ।

१ अर्ब १७ करोड १० लाख रुपैयाँ बजेट पाएको महाकाली सिँचाइ आयोजनाको बजेट खर्च ६१.७२ प्रतिशत छ । यो आयोजनाले ६ महिनाको अवधिमा ७२ करोड २८ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यसबाहेक, लुम्बिनी विकास कोषको बजेट खर्चको स्थिति ५० प्रतिशत छ ।

यो आयोजनाले चालू वर्षका लागि ४५ करोड रुपैयाँ बजेट पाएकोमा २२ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । यसपछि, हुलाकी राजमर्ग आयोजनाको बजेट खर्च स्थिति ४४.३५ प्रतिशत छ । यो आयोजनाले चालू वर्षमा ३ अर्ब ४८ करोड ९० लाख रुपैयाँ बजेट पाएको थियो । यसमध्ये, १ अर्ब ५४ करोड ७४ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।

चालू वर्षको ६ महिनासम्मको अवधिमा मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपालले ०.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यसपछि, सिक्टा सिँचाइ आयोजनाले २४.८९ प्रतिशत, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बजेट खर्च ३४.३५ प्रतिशत छ ।

भेरी बबई डाइभर्सन बहुउद्देशिय आयोजनाको बजेट खर्च २३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ३२.७२ प्रतिशत, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५.९६ प्रतिशत, काठमाडौँ–तराई द्रुतमार्ग १९.३७ प्रतिशत खर्च भएको छ । यसबाहेक, पुष्पलाल पहाडी राजमार्गको बजेट खर्च ३७.११ प्रतिशत, उत्तर दक्षिण राजमार्गको ३३.८० प्रतिशत, रेल मेट्रो तथा मोनो रेल विकास आयोजनाको ३४.९८ प्रतिशत खर्च भएको छ ।

यस अवधिमा सासेक विद्युत तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाको बजेट खर्च ०.०७ प्रतिशत हुँदा पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको खर्च शून्य–शून्य प्रतिशत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *