एनआईसीले भन्यो- बैंकका शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने भ्रम फैलाइयो

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो शाखा कार्यालयहरू बन्द गर्न लागेको भन्ने समाचारमा कुनै सत्य नभएको जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बैंकले शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भनी अफवाहहरू फैलाइएकोमा यस्ता समाचारमा कुनै सत्यता नरहेको जानकारी दिएको हो ।

बैंकले सो समाचारबाट भ्रमित नहुन सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गरेको छ । साथै आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको बताएको छ ।

बैंकले विगत २६ वर्षदेखि देशको अर्थतन्त्रलाई चलायमान राख्नका निमित्त आफ्नो स्थानबाट अग्रणी योगदान दिइरहेको छ ।

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको व्यहोरा सबैमा अवगत नै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *