क्यानडाविरुद्ध ‘क्लिनस्विप’ गरेको क्रिकेट टोलीलाई प्रचण्डले दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेपछि उनले टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत तेस्रो खेलमासमेत उत्कृष्ट जित हात पार्दै क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्यानडाविरुद्धको शृङ्खलाको अन्तिम खेलमा नेपाल नौ विकेटले विजयी भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *