इरानमा इस्लामिक क्रान्तिको ४५औँ वार्षिकोत्सव मनाउँदै वृहत् जुलुस

एजेन्सी । इरानमा सन् १९७९ को इस्लामिक क्रान्तिको विजयको ४५ औँ वार्षिकोत्सव मनाइएको छ ।

सो अवसरमा इरानभर ठूलो जुलुस निकालिएको थियो । जुलुसमा देशका अधिकारीहरू र सैन्य कमान्डरहरू पनि सहभागी भएका थिए ।

राजधानी तेहरानमा इरानी राष्ट्रपति इब्राहिम राईसीले सम्बोधन गरेको इरानी स्क्वायरतर्फ १३ स्थानबाट मानिसहरूले जुलुस निकालेका थिए । तेहरानमा जुलुसका क्रममा मानिसहरूले इस्लामिक क्रान्ति र प्यालेस्टिनीहरूको समर्थनमा समान नारा लेखिएको ब्यानर बोकेका थिए ।

र्‍यालीको रुटमा विभिन्न स्वदेशी क्षेप्यास्त्र र सिमोर्ग नामक प्रक्षेपण वाहन प्रदर्शनमा राखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *