बिहेभोज खान गएका बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौँ । बिहीबार दिउँसोदेखि एक बालक बेपत्ता भएका छन् ।

धरान ८ घरबाट बिहेभोज खान मावली गएका उक्त बालक इलामको रोङ गाउँपालिका २ दुदे स्थित मावलीबाट बेपत्ता बनेका हुन् ।

परिवारले इलामस्थित पशुपति क्षेत्रका नाका, झापा जिल्ला विशेष पूर्वी क्षेत्रमा बालक अपहरण गरी लुकाइएको हुनसक्ने दाबी छ । साथै पूर्वी नाकामा विशेष खोजतलास गरिदिन प्रहरीलाई आग्रह पनि गरेको छ ।

गाउँलेका अनुसार मावली काकी हजुरआमा पर्नेले पसल लान्छु भनेर ती बालकलाई लगेका थिए । करिब डेढ घण्टाको अन्तरालमा बालक उनको साथमा नरहेको खबर गाउँलेले बालकको आमालाई जानकारी दिएको थियो ।

उनको खोजीमा प्रहरीले तत्काल तालिम प्राप्त कुकुर समेत लगेको थियो तर गाउँले, परिवार र प्रहरीले खोजतलास गर्दा समेत उनी फेला परेका छैनन् ।

प्रहरीले घटना शङ्कास्पद देखिएकाले ती महिलालाई पक्राउ गरेको छ ।

बालक फेला परेमा ९८१४३७४८६२ नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *