सांसद श्रेष्ठको माग– त्रिविका निमित्त उपकुलपति लम्साललाई तत्काल पदबाट हटाउनुपर्याे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन् ।

सोमवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैँ उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् ।

उनले निमित्त उपकुलपति लम्सालले भागबन्डा गर्ने हिसाबले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन् । लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो ।

उनले भनिन् ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानुनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबहाकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहिँ कानुनसम्मत भएन । अहिलेको टियुको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसाबले मैले जति सक्छु भागबन्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन । उसलाई अहिले नै हटाउनु पनि पर्यो । त्यस्तो मान्छे पछि टियुको सर्टलिष्ट क्यान्डिेटबाट पनि हटनुपर्यो क्या ।’

सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानुन सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *