समातियो १ करोड ८२ लाख नक्कली नोट, भारतीय चालक पक्राउ

काठमाडौं । भारतीय सवारीमा लुकाई राखिएको १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ । सुनसरी प्रहरीले भारतीय नम्बर बीआर ११ एक्स ३४२९ स्कारपियोमा शंका लागेर जाँच गर्दा नक्कली नोट बरामद भएको हो ।

ट्राफिक प्रहरीले सुनसरीको इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोला नजिक पूर्व पश्चिम राजमार्गमा चेकजाँचका क्रममा नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरिक्षक विपीन रेग्मीले जानकारी दिए । उनकाअनुसार जाँचका क्रममा गाडीको पछाडि भागमा लुकाइराखेको अवस्थामा नोट फेला परेको हो ।

प्रहरीले भारत वीरपुरका २२ वर्षीय गाडी चालक मोहम्मद सैदयलाई समेत पक्राउ गरेको छ । गाडीमा सवार अर्का एक ब्यक्ति भने फरार भएका छन् । फरार व्यक्तिको प्रहरीले खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *