माघ २९ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.
माघ २९, २०८० । ई.सं. 12 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ सिल्लाथ्व । पिङ्गल उत्तरायण शिशिर । सोमबार माघ शुक्लपक्ष । तिथि द्वितिय ००:५३ बजेसम्म, त्यसपछी तृतीया । नक्षत्र शतभिषा २१:१२ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा । योग परिघ १३:५० बजेसम्म, त्यसपछी शिव । करण वालव १४:०४ बजेसम्म, त्यसपछी कौलव ००:५३ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि कुम्भ । आनन्दादि योग राक्षस । दिनमान ११:४ । सूर्योदय ६:४७ । सूर्यास्त १७:५१ । त्रिपुष्कर २१:१२ देखि ०:५३ सम्म । चन्द्रोदयः सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । हर्ष र प्रसन्नता छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । आफन्तसँग खिन्नता बढ्नसक्छ । सामाजिक काममा व्यस्त हुने समय पनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । शेयर बजारबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ । परोपकार तथा सामाजिक सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । पुनर्मिलनको योग भने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बोलीवचन एवं प्रवचनभाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *