मुख्यमन्त्री कार्कीद्धारा कोशी सरकार विस्तार, थपिए ४ मन्त्री र २ राज्यमन्त्री

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन् ।

नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन् ।

शुक्रबार उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे । नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए ।

सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाए ।

माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरूङ नियुक्त भए । उनीहरु दुवै कांग्रेसका हुन् ।

वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पुर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन् ।

६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *