स्वदेश फर्कियो विश्वकपबाट बाहिरिएको यू-१९ टोली
२०८० माघ २२ गते

काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा प्रतिस्पर्धा गरेको नेपाली टोली स्वदेश फर्केको छ । प्रतियोगिताको सुपर सिक्समा पुगेर दुवै खेलमा पराजित भएपछि विश्वकपबाटै बाहिरिएको नेपाली टोली सोमबार बिहान स्वदेश फर्केको हो ।
नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरे । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।
२०८० माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित








