महोत्सवमा रकम हिनामिना प्रकरण : वाणिज्य संघका महासचिवसहित ४ जनाले गरे आत्मसमर्पण

धनगढी । कैलालीको अत्तरियामा नक्कली टीकट प्रकरणमा जोडिएका दिलिपकुमार साउँद र भुवन महरा प्रहरी हिरासतमा पुगेका छन् । शंकर खड्का र बमबहादुर बोगटीलाई पनि प्रहरी हिरासतमा राखिएको छ ।

चार जना विरुद्ध अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टीकट ठेली प्रकरणमा कैलाली प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो । किटानी जाहेरीपछि साउँद, महरा, खड्का र बोगटीका नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) देबेन्द्रबहादुर पालले नक्कली टीकट प्रकरणमा साउँद, महरा, बोहरा र खड्का प्रहरी हिरासतमा छन् । खड्का अत्तरिया उद्योग वाणिज्य संघका महासचिव हुन् भने बमबहादुर बोगटी कार्यसमिति सदस्य। चारै जनाको नाममा उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका थिए ।

दिलिपकुमार साउँद (दिपिन) अत्तरिया उद्योग वाणिज्य संघका सचिव हुन्। कैलाली प्रहरीमा भने ६ जनाको नाममा जाहेरी परेको अत्तरिया उद्योग वाणिज्य संघले बताएको छ । नक्कली टीकट प्रकरणमा जोडिएपछि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका स्वकीय सचिव दिपिन साउँदलाई पदबाट निलम्बन गरिएको छ । अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको हो ।

प्रहरी छानबिनमा समस्या नहोस् भनेर तत्कालका लागि उनलाई निलम्बन गरिएको हो । टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा छन् । पुष २६ गतेदेखि सुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *