यू–१९ विश्वकप : नेपाल भारतसँग १३२ रनले पराजित, विश्वकप यात्रा टुंगियो

आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल भारतसँग १३२ रनले पराजित भएको छ। भारतले दिएको २९८ रनको लक्ष्य पछ्याएको नेपाल पूरै ओभर खेल्दै १६५ रनमा समेटिएको हो।

नेपालका लागि कप्तान देव खनाल, ओपनरद्वय अर्जुन कुमाल र दीपक बोहोराले नेपालको इनिङ उकास्न प्रयास गरे पनि मध्यक्रमको ब्याटिङ लाइन चल्नै सकेन।

नेपालले ४८ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो। दीपक बोहरा २२ रन बनाएर आउट भएका थिए। त्यसपछि नेपालको विकेट पतन सुरु भयो। बाँकी २९ रन बनाउँदा थप ६ विकेट गुमायो।

अर्जुन पनि २६ रनमा बोल्ड हुन पुगे।

त्यसपछि आएका उत्तम मगर मात्रै ८ रनमा आउट भए। विशाल विक्रम केसी २ बल खेलेर १ रन जोड्दा पेबेलियन फर्किनु पर्यो।

दीपक डुम्रेले रनको खाता नै खोल्न सकेनन्। गुल्शन झा पनि १ रनमै आउट भए।

दिपेश कंडेल शून्यमा आउट भएपछि आएका सुवास भण्डारीले पनि ५ रन मात्रै जोड्न सके। कप्तान देव खनाल व्यक्तिगत ३३ रनमा आउट हुँदा नेपालले ९ विकेट गुमाएको थियो। जतिबेला नेपालको खातामा १२० रन मात्रै थियो।

त्यसपछि दुर्गेश गुप्ता र आकाश चन्दले नेपालका लागि अन्तिम विकेटका लागि सम्मानजनक साझेदारी गरे।

दुर्गेशले एक छक्का र दुई चौकाको मद्दतमा २९ रन आकाश १८ रनमा नटआउट रहे।

भारतको जितमा सौम्य पाण्डेले ४ विकेट लिए।

आर्सिन कुलकार्नीले २ विकेट लिँदा राज लिम्वानी, परध्या शुक्ला, मुरुगन अविशेकले समान एक एक विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २९७ रन जोड्यो ।

भारतीय ब्याटरसामु नेपाली बलरहरु निरीह बने । नेपालका लागि गुल्सन झाले सर्वाधिक ३ विकेट लिए ।

आकाश चन्दले एक विकेट लिनुबाहेक अन्य बलरले विकेट लिन सकेनन् ।

नेपालविरुद्ध भारतका दुई ब्याटरले शतक प्रहार गरे ।

भारतका कप्तान उदय सहारान र सचिन दासले शतक प्रहार गरे ।

सचिनले ११६ रन र कप्तान शहरानले १०० रनको योगदान दिए । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतका प्रियांशु मोलिया १९, अर्शिन कुलकर्णी १८ र आदर्श सिंह २१ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =