भारतविरुद्ध ७७ रन बनाउँदा नेपालले गुमायो ७ विकेट

आईसीसी यू–१९ विश्वकपमा भारतविरुद्ध नेपालले खराब प्रदर्शन गरेको छ। २९८ रनको लक्ष्य पछ्याएको नेपालले ७७ रन बनाउँदा ७ विकेट गुमाएको हो।

नेपालका ओपनर अर्जुन कुमाल र दीपक बोहोराबाहेकले दोहोरा रन बनाउनै सकेनन्।

कप्तान देव खनाल ९ रन बनाएर खेले पनि साझेदारी नबन्दा नेपालको इनिङ्स धरासायी बनेको छ।

नेपालका लागि ओपनर दीपक बोहरा र अर्जुन कुमालले सम्मानजनक सुरुवात गरे पनि त्यसपछिका ब्याट टिक्न सकेनन्। दीपक २२ रनमा आउट हुँदा अर्जुन पनि २६ रनमा बोल्ड हुन पुगे।

त्यसपछि आएका उत्तम मगर मात्रै ८ रनमा आउट भए। विशाल विक्रम केसी २ बल खेलेर १ रन जोड्दा पेबेलियन फर्किनु पर्यो।

दीपक डुम्रेले रनको खाता नै खोल्न सकेनन्। गुल्शन झा पनि १ रनमै आउट भए।

दिपेश कंडेल शून्यमा आउट भएपछि अहिले कप्तान देव खनाललाई सुवास भण्डारीले साथ दिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =